चितवन– नारायणगढको शहिदचोकमा रहेको ग्लोबल आईएमई बैँकमा आज दिउँसो आगलागी भएको छ ।


ADVERTISEMENT


दिउँसो १२ बजे भएको आगलागीलाई भरतपुरको बारुणयन्त्र र प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद गौतमले जानकारी दिए । उनले विद्युट् शर्ट भएर भएको आगलागीबाट बैँकको एउटा कोठामा रहेको फर्निचर र कप्युटर जलेर नष्ट भएको बताए । कुनै मानविय क्षति नभएपनि अन्य भौतिक क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कालिका नगरपालिकाबाट जन्ती लिएर तनहुँतर्फ जाँदै गरेको बसले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार एक किशोरीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा कालिका नगरपालिका–८ जुटपानीकी १४ वर्षीया शिक्षा अर्याल रहेकी छन् ।

कालिका नगरपालिका–८ शक्तिखोरबाट तनहुँका लागि जन्ती लिएर हिँडेको ग १ ख २६७६ नम्बरको बसले जुटपानीमा ना ५८ प ८६३५ नम्बरको मोटरसाइकललाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक र सवार दुवै घाइते भई उपचारका क्रममा पुरानो मेडिकल कलेजमा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ ।