भक्तपुर – भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारस्थित डाँफे टोलमा रहेको श्रेष्ठ फर्निचर उद्योगमा गएराती भीषण आगलागी भएको छ । आगोले स्थानीय राजु श्रेष्ठको फर्निचर उद्योग पूर्णरुपमा नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


ADVERTISEMENT


उद्योग सञ्चालक श्रेष्ठले आगलागीबाट करिब पाँच करोड रुपैयाँबराबरको धनमाल जलेर नष्ट भएको जानकारी दिएका छन् ।भक्तपुर प्रहरीकाअनुसार फर्निचर उद्योगबाट सुरु भएको आगोले उद्योगी श्रेष्ठको घरसहित तीनवटा घरमा क्षति पुर्याएको छ ।


ADVERTISEMENT

# # #


परिसरले उद्योगी श्रेष्ठ र छिमेकी प्रदीप सिलवाल दुवैको चारतले पक्की घरको पछाडीको भागमा आंशिक क्षति पुगेको जनाएको छ । त्यस्तै अर्का छिमेकी दुर्गा श्रेष्ठको घर कम्पाउण्डमा रहेको टहरामा मंगल श्रेष्ठले सञ्चालन गरेको कुल्फी उद्योगमा समेत आगो सल्कन गई क्षति पुगेको परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।

उनकाअनुसार करिब १५०सुरक्षाकर्मी, सातवटा वारुण यन्त्र र स्थानीयको निरन्तर प्रयासपछि ५ घण्टा लगाएर आगलागी नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति नभएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।