काठमाडौँ– भूकम्प गएको चार वर्ष पूरा हुन लाग्दा बल्ल ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पुनर्निर्माण सुरु गरेको हो।


ADVERTISEMENT


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताए।


ADVERTISEMENT

# # #


उनले रानीपोखरीको पुनर्निर्माणमा सबैको सहयोग र साथ रहने विश्वास व्यक्त गरेका छन्।

रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले प्राधिकरणले निर्धारण गरेको मापदण्ड अनुसार विशेष ध्यान दिएर रानोपोखरीको पुनर्निर्माण गर्ने बताए।

रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका छन्। समितिका अध्यक्ष स्थापितले आवश्यकता अनुसार कालिगढहरूको संख्या बढाउने बताए। पटक(पटक निर्माणका सम्बन्धमा विवाद पर्दै आएको छ। चार करोडको लगानी खेर गइसकेको छ।

रानीपोखरीको निर्माणको विषयमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच ठूलो विवाद नै सृजना भयो। काठमाडौं महानगर र पुरातत्व विभागबीच पनि निर्माण विषयमा समस्या उत्पन्न भयो।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रताप मल्लकालीन ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गर्ने टुंगो लागेपछि पुनर्निर्माणले गति लिएको हो।