जनकपुर– धनुषामा इच्छाविपरित विवाह हुन लागेपछि एक युवती विवाहस्थलबाटै भागेकी छन् । धनुषाको सहिदनगर नगरपालिका वडानम्बर ३ यदुकोहास्थित महराटोल बस्ने दलित समुदायकी २० वर्षीया युवती स्वयंवर गरेको बेहुलालाई छाडेर प्रेमीसँग भागेकी हुन् ।


ADVERTISEMENT


आइतबार विवाहका लागि धनुषाको सबैलाबाट बेहुलासहित जन्ती बेहुलीको घरमा आईपुगेको थियो । हिन्दुपरम्परा अनुसार विवाहको विधि शुरु हुनुपूर्व नै अन्दाजी राति १ बजे स्वयम्बर सम्पन्न गरिएको थियो ।
तर स्वयम्बर लगत्तै बेहुली बेहुला, परिवारजन तथा जन्तीको समेत आँखा छलेर भागेको इलाका प्रहरी कार्यालय यदुकाहाले जनाएको छ ।


ADVERTISEMENT

# # #


इप्रका यदुकाहाका प्रहरी निरीक्षक भीम खड्काले बेहुली भगाउन सोही टोलका केही व्यक्तिहरुले सहयोग गरेका थिए । बेहुली फरार भएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो । यस्तो अनौठो घटना धनुषामै पहिलोपटक भएको बताइएको छ । प्रहरीले बेहुला र बेहुली दुवैको नाम गोप्य राखेको छ ।

बेहुली स्वयम्बरपछि अर्कै केटासँग भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ । विवाहका लागि आएका बेहुला र जन्ती समेत अन्योलमा परेका छन् ।

अहिले सो गाउँमा बेहुला पक्ष र बेहुली पक्षवीच छलफल भइरहेको छ । स्थानीयका अनुसार भाग्ने बेहुलीको इनरबा टोलका एक युवकसँग प्रेमसम्बन्ध रहेको थियो ।