काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गरेका छन् ।


ADVERTISEMENT


सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आइतबार प्रमाणीकरण गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #