काठमाडौँ– विभिन्न पेशागत माग राखेर आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत शिक्षक र प्रहरीबीच दोस्रो दिन पनि झडप भएको छ । माइतीघरमा जम्मा भएर निषेधित क्षेत्र तोकिएको बानेश्वर चोकतर्फ अघि बढेका शिक्षकलाई प्रहरीले एभरेष्ट होटल अगाडि रोक्न खोजेपछि झडप भएको हो ।


ADVERTISEMENT


शिक्षकको भिडलाई नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेको थियो । त्यसपछि शिक्षकहरुले पनि नाराबाजी गर्दै ढुंगामुढा गरेका थिए । प्रहरीसँगको झडपमा केही शिक्षक घाइते भएका छन् । अहिले नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त छ ।


ADVERTISEMENT

# # #


शिक्षक आन्दोलनका कारण नयाँ वानेश्वर, माइतीघर, थापाथली, कोटेश्वर तीनकुने लगायतका क्षेत्रका सवारी आवागमनमा समस्या भएको छ । आइतवार पनि शिक्षकहरुले प्रदर्शन गर्दा प्रहरीले अश्रुग्यास, लाठी र पानीको फोहोरा हानेको थियो ।

मुलुकभर प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमासमेत ४० हजारको हाराहारीमा राहत दरबन्दीका शिक्षक कार्यरत छन् । सरकारले विद्यालय तहमा शिक्षक अभाव भएपछि अस्थायी दरबन्दीको सिर्जना गरेर विद्यार्थी भएका विद्यालयमा राहत कोटामा शिक्षक नियुक्त गरेको थियो ।

अहिले तीनै शिक्षकले आफूहरुलाई स्वतः दरबन्दीमा रुपान्तरण र आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गर्नुपर्ने माग गरेका छन् । आफूहरुको माग विपरित शिक्षा मन्त्रालयले संघीय शिक्षा ऐन ल्याउन लागेको भन्दै उनीहरु लामो समयदेखि आन्दोलनमा छन् । आइतबार मुलुकभरका राहत शिक्षकहरु काठमाडौं आएर आन्दोलनमा सहभागी थिए