काठमाडौं– नेपाली काँग्रेसका जिल्ला सभापतिले महासमिति बैठकले गरेको निर्णय केन्द्रीय समिति बैठकले उल्ट्याएको आरोप लगाएका छन् । उनीहरुले उक्त निर्णय नसच्याए विशेष महाधिवेशनका लागि पहल थाल्न बाध्य हुने दाबी गरेका छन् ।


ADVERTISEMENT


महासमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले दिएको वचनविपरीत केन्द्रीय कार्यसमितिले विधान पास गरेपछि ५६ जिल्लाका सभापतिहरु रुष्ट बनेका हुन् । केन्द्रीय सदस्यहरु पनि तल्लो तहबाट चुनिएर आउनुपर्ने र आरक्षण कोटा एक तहमा एक पटक मात्र हुनुपर्ने उनीहरुको माग थियो ।


ADVERTISEMENT

# # #


कांग्रेस जिल्ला सभापतिहरुले महासमितिबाट पास भएको विषय केन्द्रीय समितिले उल्टाएको भन्दै आश्चर्य व्यक्त गरेका छन् । ‘महासमितिभन्दा ठूलो केन्द्रीय कार्य समिति हुन सक्दैन भन्ने कुरालाई पूर्णतः उपेक्षा गरी पार्टी सभापतिजस्तो गरिमामय पदको विश्वसनीयता समेत समाप्त गर्ने काममा केही नेताहरु देखापर्नु दुर्भाग्यपूर्ण हो’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।

स्वतः प्रतिनिधि हुने व्यवस्था हटाउन र दोहोर्‍याएर समानुपातिक कोटा लिन पाउने व्यवस्था हटाउन जिल्ला सभापतिले केन्द्रीय कार्यालयमा बुझाएको हस्ताक्षरलाई पनि पार्टी नेतृत्वले वेवास्ता गरेको जिल्ला सभापतिहरूको दाबी छ।

यस्तै महाधिवेशन प्रतिनिधि बन्न हुन्न भन्ने पक्षमा रहेका कांग्रेसका जिल्ला सभापतिहरुमा प्रदेश नम्बर १ बाट लिला देवी बोखिम –ताप्लेजुंग, नरेन्द्र कुमार केरुङ्ग – पांचथर, हिमालय कर्माचार्य – ईलाम, उद्धव थापा – झापा , गोविन्द ढुंगाना- तेह्रथुम, नन्दमणि राई – भोजपुर, नरेश कुमार श्रेष्ठ – खोटाङ बिनोद बस्नेत – सोलुखुम्बु, राजिब कोइराला – सुनसरी, डिग बहादुर लिम्बु – मोरंग, बिदुर बस्नेत – गाईघाट र दिपेन कुमार श्रेष्ठ – संखुवासभा रहेका छन् ।

यसैगरी प्रदेश नम्बर २ बाट कृष्ण देव यादव – रौतहट र अजय दुवेदी – पर्सा रहेका छन् भने प्रदेश नम्बर ३ बाट उज्जल बराल – सिन्धुली, मधु आचार्य – काभ्रे, लवश्री न्यौपाने – रामेछाप, विकाश लामा – सिन्धुपाल्चोक, जगदीश नरसिंह केसी – नुवाकोट, दुर्लभ थापा – भक्तपुर, सवुज बानिया – काठमाडौँ, पेम्बा क्षिरिङ्ग लामा – रसुवा, रमेश धमला – धादिङ र जित नारायण श्रेष्ठ – चितवन रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशबाट बैकुण्ठ न्यौपाने – तनहुँ, कृष्ण केसी – कास्की, खम्ब गर्बुजा – म्याग्दी, यङ्गजीङ्ग बिष्ट – मुस्ताङ, कुमार राणा – स्याङजा, बिष्णु प्रसाद लामिछाने – नवलपुर, भेष बहादुर पौडेल – लम्जुङ्ग, हरि बहादुर घले – गोरखा रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ बाट अर्जुन पोखरेल – परासी, वीर बहादुर राणा – पाल्पा, भुवन श्रेष्ठ – गुल्मी, बिष्णु प्रसाद खनाल – अर्घाखाची, सुरेन्द्र प्रसाद आचार्य – कपिलबस्तु, अम्मर प्रसाद भण्डारी –  प्युठान, अमर सिंह पून – रोल्पा, केशर मान रोका – पूर्व रुकुम, किरण कोइराला – बाँके र संजय गौतम –  बर्दिया रहेका छन् ।

यस्तै कर्णाली प्रदेशबाट खड्ग बहादुर शाही – मुगु, दिप बहादुर शाही – जुम्ला, हर्ष बहादुर बम – कालिकोट, कृष्ण कुमार बिसी – दैलेख, कमल राज रेग्मी – सुर्खेत, प्रेम प्रकाश ओली – पश्चिम रुकुम, गणेश बहादुर चन्द – सल्यान, दिपक जंग शाही –  जाजरकोट, जयपति रोकाया – हुम्ला र अंगत बुढा – डोल्पा रहेका छन् ।

यसैगरी सुदूरपश्चिम प्रदेशबाट कर्ण बहादुर मल्ल – डडेल्धुरा, ललित सिंह बोहरा – दार्चुला, नरेन्द्र सिंह थापा – बैतडी र हर्क जंग बहादुर सिंह – बझांङ्ग रहेको नुवाकोट जिल्ला सभापति केसीले जानकारी दिए ।