काठमाडौँ– युवा क्रिकेटर रोहित कुमार पौडेल ‘इमर्जिङ क्रिकेटर अफ दी इयर’ घोषित भएका छन् । क्रिकेट प्लेअरर्स एशोसियसन नेपाल (सीप्यान)द्वारा प्रदान गरिएको अवार्डमा रोहितले चार जनालाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।


ADVERTISEMENT


पुरस्कार बापत उनले ६६ हजार रुपैयाँ प्राप्त गरेका छन् । उक्त पुरस्कारको मनोनयनमा १६ वर्षीय रोहितसंगै सन्दीप जोरा, अभिनास बोहरा, कविता कुँवर, ललितनारायण राजवंशी रहेका थिए । गर्त वर्ष नामिबियामा भएको आइसीसी डिभिजन दुईमा आयोजक नामिबियाविरुद्ध डेब्यू गरेका मध्यक्रममा ब्याट्सम्यान रोहित त्यसयता निरन्तर नेपाली टोलीमा रहँदै आएका छन् ।


ADVERTISEMENT

# # #


गत महिना युएईमा युएरुईसंग भएको भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा रोहितले क्रिकेटका महान हस्ती मानिने भारतीय पूर्व कप्तान सचिन तेन्दुल्कर र पाकिस्तानी खेलाडी शादि अफ्रिदीको रेकर्ड तोड्दै विश्व कीर्तिमान कायम गरेका थिए । एक दिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका उनले त्यो सफलता १६ वर्ष १४६ दिनमा हात पारेका थिए ।