काठमाडौं । निको नहुने रोग झैं गडेर दाईजोले तराई मधेशलाई आतँकित बनाई रहेको छ । दाईजोप्रथाको असरले सिँगो समुदाय नै त्राहीमाम बनिरहँदा यस्बाट मुक्ती पाउनका लागि हुनुपर्ने पहल भने निराशाजनक देखिन्छ । यो बेला यस्तो नवजोडी भेटिएको छ जो दाईजो उन्मुलनका लागि उदाहरणीय दूत बनेर प्रस्तुत भएका छन् ।


ADVERTISEMENT


डा. सौगेन्द्र मण्डल र अधिवक्ता प्रतिमा मण्डलले गत महिना माघ २७ गते दुवै परिवार, आफन्त र शुभेच्छुकहरुलाई साँक्षी राख्दै जीवनभर एक हुने लगनगाँठो कसे, संगै कुप्रथालाई समेत तोडे ।


ADVERTISEMENT

# # #


दाईजो प्रथाले आक्रान्त ठाउँ र समुदायमा जन्मिएर पनि बेहुला सौगेन्द्र र बेहुली प्रतिमाले ‘बिना दहेज’ विवाह गर्दै समाज परिवर्तनको सन्देश दिएका हुन् ।

सौगेन्द्र सिराहा लक्ष्मीपुर गाउँ पालिका ४ मा जन्मिएका हुन् । हाल उनी तारकेश्वर नगर पालिका ११ बालाजु काठमाडौंमा बस्दै आएका छन् । पिता रामऔतार मण्डल र आमा उर्मीलादेवी मण्डलको कोखमा तेस्रो सन्तानका रुपमा जन्मिएका उनी पढाईले डाक्टर र खटाईले डेमोक्रेटिक राजनीतिमा होमिएका छन् ।
यस्तै, औरही नगरपालिका झिटकहिया धनुषामा जन्मिएकी प्रतिमा पिता उपेन्द्र मण्डल र आमा रेणु मण्डलकी सुपुत्री हुन् । हाल उनको माईती महालक्ष्मी नगरपालिका ५ टिकाथली ललितपुरमा बस्दै आईरहेको छ । उनी अधिवक्ता समेत हुन् ।

को हुन् सौगेन्द्र ?

दश बर्ष देखि बिधार्थी आन्दोलनमा होमिएका सौगेन्द्र मण्डल डेमोक्रेटिक राजनीतिकको मूलधारबाट अघि बढिरहेका छन् । आरक्षण आन्दोलनको सफल नेतृत्व गरेका उनले काठमाडौं बिश्वबिद्यालयमा बिधार्थी भर्नामा अनियमितता हुँदा एक महिना लामो आन्दोलनको नेतृत्व गरेका छन् ।

चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम) को चिट चोरी प्रकरणमा १० हजार बिधार्थीको भबिश्य अन्यौलमा परेको अवस्थामा पुन परीक्षा गराउने आन्दोलनको नेतृत्व समेत सम्हालेका छन् ।

साफ नेपाल नामक सामाजिक संस्थाका प्रमुख कार्यकारी अधिकृत रहेका मण्डलले दाईजो प्रथाका बिरुद्ध मधेशका आठ वटै जिल्लामा जनचेतनामूलक अभियानको नेतृत्व गरिरहेका छन् ।

महिला हिँसा बिरुद्ध जनचेतना मूलक बिभिन्न कार्यक्रमहरुको अगुवाई गरेका छन् । शुद्धखानेपानी सम्बन्धि जनचेतनामूलक कार्यक्रम बिभिन्न जिल्लामा सञ्चालन गरिएको उनी बताउँछन् ।

सौगेन्द्रको अगुवाईमा बाढीबाट प्रभावित सप्तरीको राजदेवी माबि, सुनसरीको नरसिँह गाउँपालिका र सिरहाको लक्ष्मीपुर गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिविर र राहत वितरण कार्यक्रम सञ्चालन गरिएको छ । ६ लाख बराबरको औषधी र अन्य जिन्सि सामान बितरण गरिएवाट एक हजार बढी लावान्वित भएको बताईएको छ ।

‘पेन एण्ड पेपर’ नामको गरीब बालबालिकालाई शैक्षिक सामग्री वितरणको कार्यक्रम लगायतका कार्यक्रमहरु गर्दै सामाजिक अभियन्ताको परिचय समेत कमाएका छन् सौगेन्द्रले ।

‘छोरीलाई दाईजो होईन शिक्षा देउ’ भन्ने नाराका साथ दहेज मुक्त मधेशको सन्देश सहित दाईजो प्रथा बिरुद्ध सौगेन्द्रले अभियानलाई बुलन्द बनाईरहेका छन् ।

दुई नम्बर प्रदेश तथा तराई मधेशबाट दाईजो प्रथा उन्मुलनको अभियान अझ सशक्त ढँगले अघि बढाउने प्रतिबद्धता स्वरुप त्यसको प्रयोग आफ्नै जीवनबाट सुरु गरिएको बेहुला बताउँछन् ।

“समृद्ध नेपालको सपनामा दाईजो मुक्त मधेशको परिकल्पना गरेको छु” मण्डलले भने “त्यसको उदाहरण प्रस्तुत गरेको छु, मेरो सक्रिय राजनीतिक जीवन समाज परिवर्तनकै लागि समर्पित गर्दछु ।”

विवाह लगत्तै दाईजो प्रथा बिरुद्धको जनचेतनाका लागि नव दम्पत्ती २ नम्बर प्रदेशका गाउँ गाउँहरुमा गएर समाज परिवर्तनको अभियान सशक्त ढँगले अघि बढाउने समेत उनीहरुले उद्घोष गरेका छन् ।

दाईजो उन्मुलन अभियानमा साथ दिन मधेश लगायत देशका सबै युवा तथा सबै नेपालीहरुमा उनले अनुरोध समेत गरेका छन् ।

आफ्नो विवाहलाई दाईजो रहित बनाउन सहयोग गर्ने दुवै पक्षका परिवार, ईष्टमित्र, नातागोता लगायत शुभेच्छुक सबैलाई नव दम्पत्तिले धन्यवाद समेत व्यक्त गरेका छन् ।

दाईजो रहित विवाहका झलकहरु :