काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी अमेरिका जान लागेकी हुन् ।


ADVERTISEMENT


राष्ट्रपतिसंगै उक्त भ्रमणमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, तिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसीलगायत सहभागी हुने बताइएको छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति भण्डारीले ‘कमिशन अन द स्टाटस अफ वुमेन’को ६३ औं सेसनमा सहभागी हुनेछिन् । उक्त सेसनलाई राष्ट्रपति भण्डारीले मार्च १२ (फगुन २८) मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्चै नारी नेत्रीले विश्वलाई कसरी रुपान्तरण गर्छन् भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य राख्ने तय भएको छ ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले केही उच्चस्तरीय भेटवार्तासमेत गर्ने बताइएको छ । परराष्ट्रका अनुसार, राष्ट्रसंघका महासचिव एण्टोनियो गुट्रेस र अध्यक्ष ग्रेसेससँगको भेटवार्ताको समय टुंगिसकेको छ ।

भ्रमणको दौरानमा राष्ट्रपति भण्डारीले इष्टोनियाका राष्ट्रपति केर्स्टी कालजुलेड तथा क्रोएशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग पनि द्विपक्षीय वार्ता गर्नेछिन् । सोही दिन राष्ट्रपति भण्डारीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रबिन्सनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिको कार्यक्रम तालिकामा संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण पनि समावेश छ ।

राष्ट्रपति भण्डारी चैत १ गते स्वदेश फर्किनेछिन् ।