काठमाडौँ– राष्ट्रिय जनता पार्टी नेपालले सरकारले नै द्वन्द्व निम्त्याएको बताएको छ । उसले प्रधानमन्त्रीले पछिल्लो समय आफ्नो पार्टीप्रति संकेत गर्दै दिएका अभिव्यक्तिले सरकार आफै द्वन्द्व निम्त्याउन लागि परेको आरोप लगाएको हो ।


ADVERTISEMENT


त्यस्तै राजपाले टीकापुर घटनाको छानविन गर्न गठित गिरिसचन्द्रलाल नेतृत्वको प्रतिवेदन सार्वजनिक नगर्नूमा सरकारले आफ्नो गल्ती लुकाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न सभामुखलाई सरकारलाई रुलिङ गर्न माग गरेको छ ।


ADVERTISEMENT

# # #


राजपाको मागपछि सभामुख महराले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरेका थिए । त्यसपछि बोलेका सांसद यादवले सरकारले यसअघि आफुसँग गरेका सहमति कार्यान्वयन नगरेकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए ।

‘सरकारले हामीसँग सम्बाद नै गर्न चाहेन । त्यसपछि हामी बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता गर्न बाध्य भयौ’ यादवले भने, ‘संघीयताको मर्मअनुसार प्रदेशलाई सरकारले अधिकार दिएन । शान्तिसुरक्षा कायम भएन, जताततै स्थिति लथालिङग भएको छ ।

उनले सिके राउतसँग भएको सहमति र जनमत संग्रहका विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै यदि जनमत संग्रह स्वीकारेको हो भने देश द्वन्द्वमा जाने चेतावनी समेत दिए ।

उनले देशको अखण्डता जोगाउने हो भने देशका शक्तिहरुसँग गरेका सम्झौताहरुको आधारमा सरकार अघि बढ्नुपर्ने बताए ।