काठमाडौँ – सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले सिके राउतसंगको सहमती शान्ति सम्झौतापछिको सबैभन्दा ऐतिहासिक सम्झौता भएको बताएका छन् ।


ADVERTISEMENT


आइतबार संसदको विशेष समयमा बोल्दै नेता बस्नेतले राउत नेतृत्वको स्वतन्त्र मधेशको माग गर्दै अभियान सञ्चालन गरेको स्वतन्त्र मधेश गठबन्धनसंग सहमति गरेर केपी ओली नेपालको शिखर व्यक्ति र राजनेताको रुपमा विकास भएको दाबी गरे ।


ADVERTISEMENT

# # #


‘डा सिके राउतले आफू पृथकतावादी आन्दोलन त्यागेर मूल राजनीतिमा समाहित भएँ भनेर भनेका छन् । यसले मलाई लाग्छ, माओवादीसंगको शान्ति सम्झौता पछाडी्रको मुलुकको एउटा महत्वूर्ण ऐतिहासिक सम्झौता भएको छ ।’ उनले भने, ‘यो सम्झौतापछि वर्तमान प्रधानमन्त्री केपी शर्माओली नेपालको राजनेता, शिखर व्यक्तिको रुपमा विकास हुनु भएको छ ।’

यस्तै उनले सिके राउतसंगको सम्झौता केही डलरको खेती गर्ने र आफूलाई सेलिब्रेटी नेता ठान्नेहरुका लागि टाउको दुखाईको विषय बनेको दाबी गरे ।

‘यसलाई दुई खालका साथीहरुले नरुचाएको जस्ते मैँले देखेको छु, एक खालका साथीहरु, जसले नेपालमा पृथकतावादी आन्दोलन चर्कियोस्, अराजकतावादी आन्दोलन चर्कियोस् भन्ने विभिन्न मानवअधिकार वादी डरलरको खेती गर्नेहरु जसको यो सम्झौतापछि खेती रोकिएको छ ।’ उनले भने, ‘अर्कातिर केही नतोहरु जो आफूलाई सेलिब्रटी नेताको रुपमा विकास गर्न चाहन्छन्, उग्रवादी र भावुक राष्ट्रवादको कुरा गर्दै नेपालको बजारमा बिक्ने कुरा गर्छन् । उनीहरुलाई आज ज्वरो आएको छ । उहाँहरु सबैलाई हामीले सिटामोल खुवाएपछि ज्वरो र टाउको दुख्ने काम रोकिन्छ ।’

यस्तै उनले सहमतिको दुई नम्बर बुँदामा रहेको ‘असन्तुष्टीहरुलाई जनमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने’ भन्ने वाक्यले जनमत संग्रह भन्न नखोजेको टिप्पणी गरे । उक्त बुँदाको आशय आवधिक निर्वाचन रहेको स्पष्ट पारे ।