काठमाडौं – साहित्यकार तथा गीतकार डा. डी.आर. उपाध्याय ‘एभरेष्ट वल्र्ड रेकर्ड’को प्रमाण पाएका छन् । एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखे बापत उनले उक्त प्रमाण पत्रा पाएका हुन् ।


ADVERTISEMENT


केही समयअघि उपाध्यायले राष्ट्रकवि माधवप्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम विमोचन गरेका थिए । उनले ‘दगाबाज’ उपन्याससहित एल्बम ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’ र ‘सहेली’ विमोचन केही समय अघि राष्ट्रिय नाचघर जमलमा गरिएको थियो ।


ADVERTISEMENT

# # #


उनका यसअघि ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘वज्राधात’, ‘अपवित्र छायाँ’ र ‘बिटुली’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् ।

पद्मदीप स्मृति प्रतिष्ठानको आयोजनामा डी.आर.का गीति एल्बमका बारेमा देशका सात प्रदेशस्तरमा पनि लोकार्पण र समीक्षा तथा जिल्लास्तरको साहित्य अनि सङ्गीतको बारेमा छलफल गर्न अभियान चलाइएको थियो भने देश बाहिर सिक्किममा समेत लोकार्पण गरिएको थियो ।