काठमाडौँ –  रेमिट्यान्स कम्पनी क्योदाइ रेमिट्यान्स आइएमईले ‘तपाईंको कमाइ अनी परिवारको सुरक्षा सँगसँगै भन्ने प्रतिबद्धताका साथ आफ्ना सेवाग्राहीका लागि दुर्घटना जीवन बीमा योजना ल्याएको छ।


ADVERTISEMENT


योजनाअन्तर्गत सेवाग्राहीले जापानबाट क्योदाइ रेमिट्यान्समार्फत परिवारका सदस्य वा अन्य ब्यक्तिलाई पैसा पठाउँदा नेपालमा भुक्तानी पाउने व्यक्तिले भुक्तानी पाएको दिनदेखि पाँच लाखको १ वर्षे दुर्घटना जीवनबीमा हुनेछ।


ADVERTISEMENT

# # #


क्योदाइ रेमिट्यान्स आईएमईले आफ्ना सेवाग्राहीले गर्ने प्रत्येक कारोबारमा बोनस पोइन्ट दिने गरेको छ । यो दुर्घटना जीवनबीमा योजना ४० वा सोभन्दा बढी बोनस पोइन्ट हुने सेवाग्राहीमा लागू हुने कम्पनीले जनाएको छ।

सोही आधारबमोजिम जनवरी महिनामा जापानबाट नेपालमा पठाएको पैसाको भुक्तानी लिनेमध्ये २ हजार १ सय ३७ जनाको प्रतिव्यक्ति पाँच लाखको १ वर्षे दुर्घटना जीवनबीमा गरिएको जनाइएको छ।

सम्पूर्ण बीमितहरुको नामावली कम्पनीको अधिकारिक फेसबुक पेजमा प्रकाशित गरिएको जानकारी दिएको छ।