काठमाडौँ– स्ट्राइकर विमल घर्तीमगरको कप्तानीमा नेपाली यू–२३ टिम आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले घोषणा गरेको छ ।


ADVERTISEMENT


बंगलादोश यू–२३ टिमसँग मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने मैत्रीपूर्ण खेल र एएफसी यू–२३ च्याम्पियनसिप २०१८ छनोटमा प्रतिस्पर्धा गर्नका लागि घोषित टिमको उपकप्तानमा डिफेन्डर अनन्त तामाङ छन् । मुख्य प्रशिक्षक राजुकाजी शाक्यद्वारा छनोट गरिएको २३ सदस्यीय टिममा सिनियर राष्ट्रिय टिमका नौ खेलाडी समावेश गरिएको छ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट जुलाई १५ देखि १९ सम्म यूएईमा हुनेछ । त्यसमा नेपालले यूएई, उज्वेकिस्तान र लेबनानसँग खेल्नेछ ।


ADVERTISEMENT

# # #


युवा टिममा गोलकिपरमा एलन नेउपाने, अशोक बराल, किशोर गिरी छन् । डिफेन्समा अनन्त, दिनेश राजवंशी, गौरव बुढाथोकी, कमल श्रेष्ठ, अमित तामाङ, नीरज बस्नेत, छिरिङ गुरुङ र लक्ष्मण जीसी छन् । हेमन गुरुङ, हेमन्त थामापगर, सुमन लामा, सुनील बल, पुजन उपरकोटी, तेज तामाङ, डोना थापा, विवेक बस्नेत मिडफिल्डमा छन् । फरवार्डमा विमल, अञ्जन विष्ट, संजोग राई र विश्वास श्रेष्ठ छन् ।