काठमाडौँ– एनआईसी एशिया बैंकले सप्तकोशी नगरपालिका वडा नं १, सप्तरी स्थित फत्तेपुरमा नयाँ शाखा कार्यलय सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


उक्त शाखाको सोमबारसप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माले उद्घाटन गरेका छन् । उक्त शाखाको उद्घाटन समारोहमा नगर प्रमुख शर्माले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउदै गएको बैंकको प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।