काठमाडौं – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आवद्ध टिम लाहोर कलान्दर पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटबाट बाहिरिएको छ । सोमबार मुल्तान सुल्तानसंग एक विकेटले पराजित हुँदै प्रतियोगितालाई समूह चरणमै टुंग्याएको हो ।


ADVERTISEMENT


१४१ रनको सामान्य लक्ष्य पच्छ्याएको सुल्तानले १२.३ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गर्यो ।


ADVERTISEMENT

# # #


लाहोरले १० खेलमा ७ मा हार र ३ खेलमात्र जित निकाल्यो । नेपाली युवा सन्दीपले आफ्नो पीएसएल क्रिकेट सुखद रुपमा टुंगाएका छन् । आफ्नो अन्तिम खेलमा आज उनले कुनै पनि विकेट लिन सकेनन् । २.३ ओभर बलिङ गरेका उनले २८ रन खर्चिए ।

पीएसएलमा खेलेका ७ खेलमा सन्दीपले ११ विकेट लिए । उनी अहिलेसम्म सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा पाँचौँ स्थानमा रहेका छन् । सुरुवाती तीन खेल अष्ट्रेलियामा बिग बास चलिरहेका कारण अनुपस्थित सन्दीप चौंथो खेलमा सहभागी भएका थिए। उत्कृष्ट प्रदर्शनले विभिन्न फ्रेन्चाइज लिगमा आबद्ध सन्दीप सिधैं अष्ट्रेलियाबाट पाकिस्तान सुपर लिग खेल्न युएई पुगेका थिए।

पीएसएलको यात्रा टुंगिएसंगै उनी अब इण्डियन प्रिमियर लिग (आइपएिल) खेल्न भारत प्रस्थान गरेका छन् । आइपीएलमा उनी दिल्ली क्यापिटल्सबाट खेल्दैछन् ।

आइपीएल मार्च २३ देखि सुरु हुँदैछ, सन्दीपको टिम दिल्लीले २४ मार्चमा मुम्बई इण्डियन्ससंग उसकै घरेलु मैदानमा खेल्नेछ । अघिल्लो वर्षमा सन्दीपले आइपीएलमा खेलेका तीन खेलमा ५ विकेट लिएका थिए ।