काठमाडौं – अनिश पुरी हत्यामा संलग्नलाई अबिलम्ब कारबाही गर्न कांग्रेसले माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्ति प्रकाशित गरी तरुण दलका देवदहका सक्रिय सदस्य पुरीको सांघातिक आक्रमण गरी हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT


विज्ञप्तिमा तरुण दलका कार्यकर्ता माथि भएका श्रृङखलाबद्ध आक्रमण नरोकिए तरुण दल कार्यकर्ताको रक्षाका लागि कठोर कदम चालेमा सरकारले लिनुपर्ने चेतावनी दिइएको छ ।


ADVERTISEMENT

# # #


गत आइतबार राति ८ बजेतिर देवदह नगरपालिका– ५ का २३ वर्षीय पुरीलाई देवदह भलुहीमा युवाहरुको एक समूहले ढुंगा र लाठी प्रहार गरी हत्या गरेको थियो ।

घटनाका संलग्न रहेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । मुख्य योजनाकार देवदहकै माला भन्ने सागर राना र तारा बराल भने फरार रहेका छन् ।