काठमाडौँ – आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे गरेको अपमानजनक टिप्पणीबारे माफी माग्दै आफ्नो ट्वीट डिलिट गरेकी छिन् ।


ADVERTISEMENT


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित ट्वीट गर्दै उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी थिइन् । उनले आफ्नो ट्वीटमा लेखेकी थिइन् :


ADVERTISEMENT

# # #


प्रिय भारतवासी,

कृपया यसपटक प्रधानमन्त्री चुन्नुहोला ।

चौकीदार त नेपालबाट पनि मगाउन सकिन्छ ।

नेपालका चौकीदार चोर हुँदैनन् ।

उनले यस्तो ट्वीट गरेपछि सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो ।

माफी माग्दै लाम्बाले लेखेकी छिन्ः

मेरो ट्वीटले नेपालका जनतालाई दुःख पुगेको थाहा पाएँ । यसका लागि म छिमेकी देश नेपालका जनतासँग माफी माग्दछु । कसैको पनि मन दुखाउने उद्देश्य थिएन । मैँले तपाईंहरुको भावनालाई ध्यानमा राख्दै ट्वीट हटाएकी छु

भारतीय कँग्रेसकी नेतृ रहेकी लाम्बाले पार्टी परित्याग गर्दै सन् २०१४ देखि आम आदमी पार्टीमा आबद्ध भएकी छिन् । उनी दिल्लीको चाँदनी चोकबाट सांसद पदमा निर्वाचित भएकी थिइन् । उनी गो इन्डिया फाउन्डेसन नामक गैरसरकारी संस्थाकी अध्यक्ष पनि हुन् ।