काठमाडौँ– राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगितामा सहभागिता जनाएर आज स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT


सन्दीप आज दिउँसो ३ः३५ बजे कतार एयरवेजबाट नेपाल आइपुगेका हुन् । फर्किएपछि विमानस्थलमा संक्षिप्त कुराकानी गर्दै सन्दीपले विभिन्न फ्रन्चाइज क्रिकेट लिगहरुमा जनाएका सहभागिताले खेल स्तर र निर्णय क्षमतामा सुधार भएको प्रतिक्रिया दिए । ‘स्टार विदेशी खेलाडीहरुको नेतृत्वमा खेल्दा उहाँहरुबाट धेरै कुराहरु सिक्न पाइएको छ । मलाई लाग्छ, त्यसले भोलिका दिनमा नेपालका लागि सहयोग गर्नेछ’ उनले भने ।


ADVERTISEMENT

# # #


सन्दीपले पीएसएलमा सात खेल खेल्दै ११ विकेट लिएका थिए । सन्दीपको टोली लाहोरले प्रतियोगिताको १० खेलमा ६ अङ्क जोडेको थियो । उनको टोली प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको छ ।

उनले तीन चारदिन नेपालमा बिताएपछि इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने दिल्ली जाने बताए । उनी आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेल्दैछन् । आइपीएल मार्च २३ देखि सुरु हुनेछ ।