काठमाडौँ– राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ । टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले बैठकमा अवरोध  गरेको हो ।


ADVERTISEMENT


मधेस, थरुहट आन्दोलनको सत्य तथ्य छानबिन गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा उच्चस्तरीय छानबिन आयोग गठन गरेको थियो।


ADVERTISEMENT

# # #


राजपा सांसद राजकिशोर यादवले यसअघिको बैठकमा टीकापुर घटनाका सम्बन्धमा लाल ‘प्रतिवेदन’ सार्वजनिक गर्न माग गर्दा पनि सरकारले आलटाल गररेको आरोप लगाए । उनले सरकारले विषयको गम्भीरतालाई नबुझेकाले प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद चल्न नदिने बताए ।

राजपा सांसदहरु उभिइरहेपछि सभामुख कृष्ण बहादुर महराले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरेका छन् ।

आजको कार्यसूचिमा नव ताथ वातावरण मन्त्रालय र अर्थमन्त्रालयसंग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने, प्रतिनिधिसभाका सचिव गोपाल नाथ योगीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘जेष्ठ नागरिक (पहिलो संशोधन) विधेयक २०७५’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने, प्रधानमन्त्री केपी शर्माओलीले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४ ७५ को वार्षिक प्रतिवेदन पेश गर्ने लगायतका कार्यसूचि रहेका छन् ।

थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो । घटनाका अभियुक्त रेशम चौधरी फरार अवस्थामै कैलाली क्षेत्र नम्बर १ बाट गत वर्ष मंसिरमा भएको प्रतिनिधि सभा सदस्यमा राजपाका तर्फबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए ।

निर्वाचित भएको केही समयपछि जिल्ला अदालतमा आत्मसमर्पण गरेका चौधरी अदालतकै आदेशमा पुर्पक्षका लागि थुना थिए । थुनामै रहेका चौधरी केही समय अघि सांसदको सपथग्रहण गरेका थिए । तर, गत फागुन २२ गते जिल्ला अदालत कैलालीले रेशम चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएपछि राजपा असन्तुष्ट रहेको छ ।

टिकापुर घटना राजनीतिक भएकाले आफ्ना सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला गर्नु अन्याय भएको बताउँदै आएको छ । त्यही विषयलाई लिएर राजपाले संसद अवरोध गरिरहेको छ ।