विराटनगर – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् ।


ADVERTISEMENT


विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक(निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पारेका हुन् ।


ADVERTISEMENT

# # #


पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका सिके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताए । उनले ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो मुलुकको लागि दुर्भाग्य हुने उनको तर्क थियो ।

देउवाले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजायबाट निहत्था मारिएका जनताले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन बोलाइ बालकसहितको हत्या गर्नु अपराधी क्रियाकलाप भएको उल्लेख गरे ।

नेपाल एयरलाइन्सले खरिद गरेको वाइड बडी एयर बसमा भ्रष्टाचार भएकोबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय अभावले छलफल गर्न नसेकको देउवाले जवाफ दिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस सम्बन्धमा छानबिन सत्यतथ्य जनतासमक्ष ल्याउनुपर्नेमा उनले जोड दिएका छन् । रासस