काठमाडौँ – काठमाडौँ उपत्यकामा महत्वपूर्ण पर्वका रुपमा लिइएको फागु पर्व वसन्तपुरमा चिर ठडाएपछि आजदेखि शुरु भएको छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिन शुभ साइत हेरी विधिवत्रुपमा मयलको रूखलाई रङ्गीबिरङ्गी ध्वजा पतकाले सजाएर ‘चिर’ उठाएपछि फागु पर्व शुरुवात भएको मानिन्छ ।


ADVERTISEMENT

# # #


फागु शुक्ल अष्टमीका दिन शुरु हुने उक्त पर्व फागु पूर्णिमासम्म मनाइन्छ । पूर्णिमाको राति चिर ढालेर त्यसलाई टुँडिखेल पुर्याएर दहन गरिन्छ । असत्य शक्तिमाथि सत्यको विजयको सन्देश दिनका लागि फागु पर्वबारे विभिन्न किंवदन्ती पाइन्छ ।

किंवदन्ती अनुसार हिरण्यकश्यपका पुत्र प्रल्हाद महादेवको भक्त थिए । उनी सत्यको पक्षमा रहेका कारण असत्य शक्तिलाई अवरोध पुगेपछि कहिलै पनि आगोमा नजल्ने फुपू होलिकाले प्रल्हादलाई लिएर आगोमा हाम फाल्दा होलिका दहन भई प्रल्हादलाई केही नभएको कथा पाइन्छ ।

त्यसैगरी भगवान् रामचन्द्रले रावणलाई विजय गरेपछि फागु पर्वमा होली खेल्ने परम्परा शुरु भएको जनविश्वास छ । फागु पूर्णिमाको भोलिपल्ट तराई क्षेत्रमा होली मनाइन्छ ।