एजेन्सी – न्यूजील्याण्डको क्राइस्टचर्च सहरस्थित दुई मस्जिदमा भएको गोलीबारीमा मारिनेको संख्या ४९ पुगेको छ । त्यस्तै आक्रमणमा कम्तिमा २० जना घाइते भएका छन् । हालसम्म गोलीबारीमा संलग्न रहेको आशंकामा दुई पुरुष र एक महिला पक्राउ परेका छन् । त्यसमध्य एक जना भने घटनामा संलग्न नरहेको पुष्टि भएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT


एक जना आक्रमणकारीसँग अष्ट्रेलियन नागरिकता पाइएको छ । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले उसलाई ‘उग्रवादी, दक्षिणन्थी’ आतंकवादी भने । एक बन्धुकधारीले गोलिबारीलाई फेसबुकमार्फत लाइभ गराएका थिए । भिडियो उसको टाउकोमाथि लगाइएको क्यामेराले खिचेको देखिन्छ ।


ADVERTISEMENT

# # #


भिडियो फुटेजमा उसले अल–नूर मस्जिदभित्र रहेका महिला, पुरुष र बालबालिका सबैमाथि नजिकबाट गोली बर्साएको देखिन्छ । न्यूजील्याण्ड प्रहरीले सर्वसाधरणमाझ उक्त भिडियो सेयर नगर्न आह्वान गरेको छ । फेसबुकले बन्धुकधारीको फेसबुक र इन्स्टाग्राम एकाउन्ट हटाइसकेको छ र अन्य एकाउण्टले सेयर गरेको फुटेजहरु हटाउने बताएको छ ।

सम्बन्धित समाचार : यसरी जोगियो बंगलादेश क्रिकेट टिम

आक्रमण अघिनै शंकास्पदले आफ्नो हत्या मनसाय एक घोषणपत्रमा समेटर अनलाइन प्रकाशित गरेको चर्चा रहेको छ । त्यसमा उसले उग्र दक्षिणपन्थी र आप्रवासनविरोधी विचारधारा व्यक्त गरेको छ । न्यूजील्याण्ड प्रहरी कमिश्नर बुसले शंकास्पदहरु यस अघि कुनै आपराधिक रेकर्ड नरहेको बताए । यसै कारणले गुप्तचरहरुको नजरमा उनीहरु नपरेको उनीहरुले बताए ।

न्यूजील्याण्डका प्रधानमन्त्री जेसिन्डा आर्डेनले आजको दिनलाई न्यूजील्याण्डको इतिहासको सबैभन्दा कालो दिन बताएकी छिन् । “अहिले यो कुरा स्पष्ट भएको छ कि यो आतकंवादी आक्रमण नै हो,” आर्डनले भनिन् ।