काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औँ बैठकमा भाग लिन गत आइतबार अमेरिका प्रस्थान गरेकी राष्ट्रपति भण्डारी शुक्रबार स्वदेश फर्किएकी हुन् ।


ADVERTISEMENT


अमेरिका भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीले वुमन इन पावर सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रसंघका महासचिव लगायतसँग भेटवार्ता गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिसंगै भ्रमणमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, तिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्की, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसीलगायत सहभागिता रहेको थियो ।

राष्ट्रपतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरेका थिए । त्यसैअवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो ।