काठमाडौँ – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिनाभित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न गरेको छ ।


ADVERTISEMENT


२०७५ माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।
जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


एक महिनाको यो कार्यक्रममा हालसम्म ६,३०० भन्दा बढी व्यक्तिले सहभागिता जनाएको कम्पनीको भनाई छ । कम्पनीले २०७५ चैत्र मसान्तसम्म अधिराज्यभरी अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।