काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका, वडा नं. ५ कृष्णपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।


ADVERTISEMENT


उक्त शाखा कार्यालयको नगरपालिकाका मेयर कर्ण बहादुर हमाल र बैंक संचालक समितिका सदस्य चन्द्रप्रसाद बास्तोलाले शुक्रबार संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । साथै बैंक संचालक समितिका सदस्य चन्द्र प्रसाद बास्तोलाले ताम्रपत्र अनावरण गरे ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै उक्त शाखाका शाखा प्रबन्धक रविन्द्र के.सी.ले उपस्थित प्रमुख अतिथि र अन्य अतिथिलाई धन्यवाद ज्ञापन गरेका थिए ।