एजेन्सी– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमा आफ्नो नाम अघि ‘चौकिदार’ थपेका छन् । उनको यो कदमलाई भाजपाका वरिष्ठ नेताहरुले समर्थन गरेका छन् ।


ADVERTISEMENT


आइतबार बिहानसम्म भाजपा अध्यक्ष अमित शाह, रेल मन्त्री पीयूष गोयल, स्वास्थ मन्त्री जेपी नड्डा र कयैन अन्य सत्तारुढ नेताहरुले आफ्नो नाम अघि चौकिदार राखेका छन् ।


ADVERTISEMENT

# # #


नाम बदलेका मन्त्रीहरुले ट्वीट गरेर आफ्नो लक्ष्यबारेमा जानकारी दिएका छन् । उनीहरुले ‘म पनि चौकिदार’ र ‘फेरी पनि चौकिदार’ ह्यासट्याग जोडेर पोस्ट गरिरहेका छन् ।

ट्रेडिङमा ‘म पनि चौकिदार’

मार्च १५ मा मोदीले आफ्नो ट्वीटर एकाउण्टमा एक भिडियो जारी गरेर ‘म पनि चौकिदार’ अभियान सुरु गरेका थिए । भिडियोमा मोदी सरकारले गरेको राम्रा कामहरु : उज्यालो योजना, भ्रष्टाचारमाथि नियन्त्रण, राजमार्ग निर्माण र देशको सुरक्षा बलियो बनाएको कुराहरुको उल्लेख थियो ।

भिडियोमा मोदीले भ्रष्टाचार विरुद्ध लडिरहेको हरेक व्यक्ति चौकिदार रहेको बताउदै गरेको देखिन्छ ।


भाजपा मुख्यमन्त्रीहरुले पनि पछ्याए मोदीलाई

मोदीजस्तै भाजपाको सरकार रहेको उत्तराखण्डका मुख्यमन्त्री त्रिवेंद सिंह रावत, झारखण्डका मुख्यमन्त्री रघुवर दास, पार्टी प्रवक्ता मुख्तार अब्बास नकवी, संबित पात्रा, छत्तिसगढका पूर्व मुख्यमन्त्री रमन सिंह, नागरिक उड्यन मन्त्री जयन्त सिन्हा र मीनाक्षी लेखीले पनि ट्वीटरमा नाम बदलेका छन् ।

के हो ‘चौकीदार’ काण्ड ?

भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले गत फागुन २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भाजपालाई लक्षित गर्दै ट्वीट गरेकी थिइन् ।

उनले ट्वीट भारतमा आसन्न लोकसभा चुनावमाफर्त ‘चौकादार’ नभई प्रधानमन्त्री चुन्नु पर्ने र चौकिदार त नेपालबाटै मगाउन सकिने जस्तो अपमानजनक भाषा प्रयोग गरेकी थिइन् । उनलेका ट्वीटपछि व्यापक आलोचना भएपछि नेपालीसामू माफी मागेकी थिइन् ।