काठमाडौैँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन् । पत्नी सीता दाहालको उपचारका लागि प्रचण्ड आइतबार त्यसतर्फ लागेका हुन् । दाहाल पत्नी सीतालाई वंशानुगत पार्किन्सन भएको चिकित्सकले बताएका छन्। सीता सुगर र उच्च रक्तचापबाट समेत पीडित छन्।


ADVERTISEMENT


अमेरिका प्रस्थान गर्नुअघि आइतबार त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए ।


ADVERTISEMENT

# # #


उनले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताए । यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए ।

उनीसंगै सीताको उपचारका लागि छोरी ज्वाईं गंगा र जीवन आचार्य पनि अमेरिका उडेका छन् ।