डडेलधुरा – जिल्लाको गन्यापधुरा गाउँपालिका–३ मा हाइस दुर्घटना हुँदा तीनजना गम्भीर घाइते र ९ जना सामान्य घाइते भएका छ्न। शिलगढीबाट धनगढीतर्फ गैरहेको हाइस डडेलधुराको गन्यापधुरा गाउँपालिकामा दुर्घटनामा परेको हो।


ADVERTISEMENT


ना १ ख १२६५ नम्बरको हाइस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।घम्भीर घाइते तीन जनाको उपक्षेत्रीय अस्पताल डडेलधुरामा उपचार भइरहेको उपक्षेत्रीय अस्पताल डडेलधुराले जनाएको छ। गाडी व्याक गर्ने क्रममा दुर्घटनामा परेको स्थानीय शेरबहादुर भण्डारीले बताए।


ADVERTISEMENT

# # #