काठमाडौं – काठमाडौं उपत्यका र आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।


ADVERTISEMENT


सोमबार बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४।१ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो । मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले बताएको छ ।


ADVERTISEMENT

# # #


भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।

०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।