काठमाडौैँ –नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछाने यस वर्षको आइपीएलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताएका छन् ।


ADVERTISEMENT


आगामी मार्च २३ देखि सुरू हुने १२ औं संस्करणको आईपीएल खेल्न दिल्ली जानुअघि काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सन्दीपले अघिल्लो संस्करणको भन्दा यस वर्ष टिम राम्रो भएकाले दिल्ली क्यापिटल्स्ले उपाधी जित्नसक्ने बताए ।


ADVERTISEMENT

# # #


‘स्पिनर, ब्याट्सम्यानदेखि लिएर समग्रमा हामी गत सिजनको भन्दा बलियो देखिएका छौँ । त्यसकारण टिम कागजमा पनि राम्रो देखिएको छ ।’ उनले भने, ‘आशा गर्छु, हामीले यो सिजनको आइपीएल जित्नेछौँ ।’

यस्तै उनले गत वर्षकोझैँ आफूलाई प्रमाणित गर्नका लागि उत्साहित रहेको बताए । ‘गएको वर्ष आईपीएलमा खेल्ने बेलादेखि धेरै नै उत्साहित थिएँ । त्यो बेला अन्तिममा पाएको तीन खेलमा आफूलाई प्रमाणित गर्न सकेँ’ सन्दीपले भने, ‘हरेक पटक मनदेखि उत्साहित हुन्छु । फेरि पनि मैले आफूलाई प्रमाणित गर्न पाएँ भने सुनमा सुगन्ध नै हुन्छ ।’

उनले आफ्नो टोली बलियो रहेको र टोलीबाट उपाधि जित्ने लक्ष्य रहेको बताए । तर उनले बलियो टोली हुँदैमा प्रतियोगिता जित्ने भन्दा पनि एकै किसिमको प्रदर्शनले नतिजा हात पर्ने बताए।

आफूले पाएका अवसरमा राम्रो गर्दै जाँदा नेपाली टिमका लागि पनि फाइदा हुने सन्दीप बताउँछन् ।