पोखरा – पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार ल्यान्डिङका क्रममा दुर्घटना हुँदा २ विदेशी नागरिक घाइते भएका छन् ।


ADVERTISEMENT


घाइते हुनेमा रसियन चालक एलेक्स वक्रिएन र चिनियाँ ७ वर्षीय बालक याङ गुङ जे भएको प्रहरीले जनाएको छ । सराङकोटबाट उडेको प्याराग्लाइडिङ खपौंदीमा अवतरणका क्रममा दुर्घटना भएको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । उनीहरुको अहिले मनिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #



ADVERTISEMENT

#
#


अघिल्लो महिना मात्रै पोखरामा ४ प्याराग्लाइडिङ दुर्घटना भएका थिए । जसमा दुईजनाको मृत्यु भएको थियो ।

प्रतिकृया

प्रतिकृया