काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने १२ औं संस्करणको  इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्नका लागि दिल्ली प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


दिल्ली क्यपिटल्समा आवद्ध सन्दिप बुधबार बिहान ८ बजे त्यसतर्फ प्रस्थान गरेका हुन्।  आगामी शनिबारदेखि शुरु हुने आइपीएलको पहिलो खेल महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपरकिङ र बिराट कोलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर बैंगलोर बिच हुनेछ ।


ADVERTISEMENT

# # #


सन्दिपको टिम दिल्ली क्यापिटल्सको भने २४ मार्च (शनिबार) राती ८ बजे मुम्बई इन्डियन्ससँग रहेको छ ।

दिल्ली प्रस्थान गर्नुअघि मंगलबार आयोजित पत्रकार सम्मेलनमा सन्दीपले यस वर्षको आइपीएल सिजनमा दिल्लीबाट फाइनल खेल्ने चाहना रहेको बताए ।

अघिल्लो वर्षको भन्दा यस वर्षको टिम बलियो भएकाले दिल्ली फाइनलमा पुग्ने उनको विश्वास थियो ।

गत संस्करणको आइपीएलमा दिल्ली डेयरडेभिल्स बाट अन्तिम तीन खेल खेलेका सन्दीपले आफुलाई प्रमाणित गर्दै ५ विकेट लिएका थिए ।

एकवर्षमै आइपीएल, क्यारेबियन प्रिमियर लिग (सीपीएल), बिग बास लिग (बीबीएल), पाकिस्तान सुपर लिग (पीएसएल) मा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपलाइ दिल्लीले पुरानै मूल्य (२० लाख)मा रिटेन गरेको हो