बुटवल– प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले होली पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबैप्रति सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


पोखरेलले बुधबार जारी गरेको शुभकामना सन्देशमा होली पर्व अर्थात फागुपूर्णिमा नेपालको मौलिक पर्व रहेको भन्दै यसले एकआपसमा सद्भाव र भाइचाराको सम्बन्धलाई बलियो बनाउँदै आएको उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


विविधतायुक्त नेपाली समाजलाई एकतामा बाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन यस्ता सांस्कृतिक पर्वले महत्वपूर्ण भूमिका खेलिरहेको पनि मुख्यमन्त्रीले उल्लेख गरेका छन् ।
पोखरेलले होली पर्व र संस्कृतिलाई सही ढंगले मनाउँदै समाजमा सद्भाव, मेलमिलाप र विश्वास बढाउन सक्दा संघीय लोकतान्त्रिक गणतन्त्र बलियो बनाउन सकिने विश्वास समेत व्यक्त गरेका छन् ।