काठमाडौं – सरकारले नेपाल–भारतबीचको व्यापार र पारवाहन लगायतका विषयमा छलफल गर्न १० सदस्यीय वार्ता टोली गठन गरेको छ ।


ADVERTISEMENT


बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्।


ADVERTISEMENT

# # #


प्रवक्ता बाँस्कोटाका अनुसार सरकारले नेपाल–भारत व्यापार र पारवाहन सम्बन्धी ‘लेटर अफ एक्सचेन्ज’को विषयमा छलफल गर्न सहसचिव रविशंकर सैजुको संयोजकत्वमा १० सदस्यसीय वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

सँगै मन्त्रिपरिषद् बैठकले जलस्रोतको उपयोग, व्यवस्थापन र नियमन सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनेसहित २१ निर्णय गरेको हो।