काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा संकलन गरी लैजान लागेको सुनहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । एसएसपी सन्दीप भण्डारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार करिब १० लाख १५ हजार १ सय रुपैयाँ मूल्य बराबरको ४ थान सुनको बालासहित २ जनालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा चितवनका सुनिल राउत र बारा कलैया उपमहानगरपालिका–९ का संदिप पटेल रहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ्ग एरिया र अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ्गमा अवैध रुपमा उक्त परिमाणको सुन संकलन गरिरहेको अवस्थामा फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोल्डेन गेट एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको १७ लाख ४६ हजार ३ सय ९६ रुपैयाँ मूल्य बराबरको सुनको बाला ५ थान, मोबाइल ३ थान र ल्यापटप सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ का अर्पण केसी र खोटाङका मनोज राई रहेका छन् ।

पक्राउ परेका ४ जनालाई उक्त सुन र सामान सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।