एजेन्सी –भारतका पूर्वक्रिकेटर गौतम गम्भीर भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।


ADVERTISEMENT


लोक सभा चुनाव हुन २० दिनभन्दा कम समय बाँकी हुँदा शुक्रबार दिउँसो उनी भाजपा प्रवेश गरेका हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीको भिजनबाट प्रभावित भएको भाजपा प्रवेश गरेको गम्भीरले बताए।


ADVERTISEMENT

# # #


३७ वर्षीया गम्भीर दिल्लीबाट लोक सभा चुनाव उठ्ने बताइएको छ। तर भाजपाले उनी कुन ठाउँमा चुनाव उठ्ने भन्ने निर्णय भइनसकेको बताएको छ।