काठमाडौँ – जारी पाँचौं महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र भारत प्रतिस्पर्धा गर्दैछन् । विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे हुने खेलका लागि नेपालले आफ्नो अन्तिम ११ खेलाडीको टुंगो लगाएको छ ।


ADVERTISEMENT


भारतविरुद्ध कुनैपनि खेलाडी परिवर्तन गरिएको छैन । सेमिफाइनलमा श्रीलङ्का विरुद्ध खेलेका खेलाडीलाई नै फाइनलमा मौका दिइएको छ । निरु थापाले कप्तानी गर्ने टिम नेपालले भारतलाई पन्छाउँदै उपाधी जित्ने दाउमा रहेको छ ।


ADVERTISEMENT

# # #


यस्तो छ नेपालको अन्तिम ११

गोलकिपर : एञ्जिला सुब्बा

डिफेन्डर :  पुनम जर्घामगर, हिराकुमारी भुजेल, गीता राना, मनमाया लिम्बु

मिड्फिल्ड :  रेनुका नगरकोटी, अनिता बस्नेत, मञ्जलीकुमारी योञ्जन, दिपा राई

फरवार्ड : सावित्रा भण्डारी, निरु थापा