भक्तपुर – यस वर्षको एसइई परीक्षा आजबाट सुरु भएको छ । आज अनिवार्य अंग्रेजीको परीक्षा रहेको थियो । जसमा देशभर ४ लाख ७५ हजार विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।


ADVERTISEMENT


कार्यालयका अनुसार यस वर्षदेखि पहिलोपटक सङ्घीय संरचनाको स्वरुपअनुसार परीक्षा भएको छ । आगामी २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुँदैछन्।


ADVERTISEMENT

# # #


प्रदेश नं १ बाट ८३ हजार ८ सय १८, प्रदेश नं २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३ विद्यार्थी परीक्षामा सहभागी भएका छन् । यसैगरी प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल छन् ।