काठमाडौँ – नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको लोकप्रिय हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’ बाट प्रमुख कलाकार मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे) र राजु पौडेल (राजु मास्टर) अलग भएका छन् । उनीहरुले कार्यक्रममा अभिनय र निर्देशन गर्दै आएका थिए ।


ADVERTISEMENT


उनीहरुले कार्यक्रम छोडेको घोषणा फेसबुकमार्फत गरेका हुन् । कार्यक्रम उत्पादक मिडिया हबसँग विविध विषयमा सहमति नभएपछि अलग भएको उनीहरुको भनाई छ ।


ADVERTISEMENT

# # #


सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरे (माग्नेबुढा) ले छाडेपछि मेरीबास्सै सम्हाल्दै आएको बल्छी र राजुले चाँडै नयाँ कार्यक्रम ल्याउने बताएका छन् ।