काठमाडौँ – सरकारले प्रतिबन्धित नेकपा विप्लव समहूलाई आर्थिक तथा भौतिक सहयोग नगर्न आमरुपमा अपिल गरेको छ । आइतबार गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विप्लव समूहलाई सहयोग नगर्न अनुरोध गरेको हो ।


ADVERTISEMENT


गृहमन्त्रालयले जबरजस्ती आर्थिक सहयोग मागे तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गरेको छ । विप्लव समूहलाई सरकारले ‘विध्वंशकारी समूह’ घोषणा गरेकाले सहयोग नगर्न र सहयोग गरेमा प्रचलित कानुन अनुासर कारबाही हुने स्पष्ट पारेको छ ।


ADVERTISEMENT

# # #


‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ’ जारी विज्ञप्तीमा भनिएको छ, ‘कोही कसैले यस्ता समूहलाई आर्थिक तथा अन्य सहयोग गरेको पाइएमा त्यस्तो सहयोग दिने, लिने वा अन्य कुनै किसिमका सहयोग गर्ने वा गराउनेलाई कानुन बमोजिम कारबाही हुने जानकारी गराइन्छ ।’

सरकारले २८ फागुनमा विप्लव समूहमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।