काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले लोकतान्त्रिक गणतन्त्र भीक्षा मागेर नभई रगत बगाएर ल्याएको स्पष्ट पारेका छन् ।


ADVERTISEMENT


संसदको हिउँदे अधिवेशन सकिन लागेको अवसरमा मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्र बलिदानीपूर्ण संघर्षबाट स्थापित गरेको भन्दै दुईचार जनाले भन्दैमा केही नहुने स्पष्ट पारे ।


ADVERTISEMENT

# # #


कांग्रेस नेता शशांक कोइराला र कमल थापातर्फ इङ्गित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भन्न चाहन्छु, यो गणतन्त्र रगत बगाएर ल्याएको गणतन्त्र हो, भीक्षामा पाएको होइन । हामीले गाई कि त्रिशूल खेलेको होइन । यसको रक्षा नेपालीले गर्छन् । राजतन्त्र भनेर धेरै फट्यागफट्याग नगर्न म जनताको तर्फबाट सचेत गराउन चाहन्छु ।’

उनले देश सुशासन र विकासको यात्रामा हिंडिरहेका बेला त्यसलाई भाँड्नेगरी हुने यस्ता गतिविधिहरु स्वीकार्य नहुने बताए ।

भर्खरैमात्र नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दू राज्यका साथै संघियता र गणतन्त्रका बारेमा जनामत संग्रह गर्नुपर्ने बताएका थिए । यता कमल थापाले भने राजतन्त्र मुद्दा उठाएर राजनीति गरेको लामो समय भइसकेको छ ।