कञ्चनपुर – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा निलम्बित डीएसपी अंगुर जिसी अदालत उपस्थित भएका छन्। जिसी सोमबार बिहान कञ्चनपुर जिल्ला अदालतमा उपस्थित भएका हुन्।


ADVERTISEMENT


उनी निर्मला बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको, प्रमाण नष्ट गरेको र हत्यारा भएको आशंकामा पक्राउ परेका दीलिप सिंह विष्टलाई हिरासतमा यातना दिएको मुद्दा खेपिरहे छन् ।


ADVERTISEMENT

# # #


जिसीमाथि बयान लिन सुरु गरिएको अदालतका रजिस्टार हरिकृष्ण अवस्थीले जानकारी दिएका छन् ।

अदालतले यस प्रकरणमा आरोपित तत्कालीन एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरीलाई ३५ दिने म्याद जारी गरी अदालतमा उपस्थित हुन सूचित गरेको थियो। आरोपित ६ प्रहरी तत्कालै अदलतमा उपस्थित भएका थिए भने विष्ट मंगलबार अदालतमा उपिस्थत भए।

तत्कालीन डिएसपी जिसीलाई झै प्रमाण नष्ट र यातना दिएको अभियोग लागेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई हिजोमात्रै अदालतले साढे १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

साउन १० गते साथीको घरमा पढ्न भन्दै गएकी निर्मला ११ गते मृत अवस्थामा फेला परेकी थिइन्। उनीमाथि बलात्कार भएको पोष्टमार्टम रिपोर्टले देखाएको थियो ।