बझाङ – बझाङमा भलिबल खेल्ने क्रममा भएको विवादपछि कुटपिटबाट एकजना बालकको ज्यान गएको छ । कुटपिटबाट सुर्मा गाउँपालिका–५ स्थित सौनगाउँ बस्ने १४ वर्षीय आनन्द बिकको ज्यान गएको हो ।


ADVERTISEMENT


प्रहरीले कुटपिटमा संलग्न १८ वर्षीय जिवन बोहरा र १८ वर्षीय रनु बोहरालाई पक्राउ गरेको छ । भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका बिकको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै थप उपचारको लागि कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


कुटपिट गरी फरार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको टोलीले सुर्मा गाउँपालिका–५ बाटै पक्राउ गरेको हो ।