काठमाडौँ – पूर्व उपप्रधानमन्त्री तथा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।


ADVERTISEMENT


काठमाडौंको ह्याम्स अस्पतालमा पाँच दिनको उपचारपछि नेता सिटौला मंगलबार घर फर्किएका उनका सहयोगी प्रेम भट्टराईले जानकारी दिए । शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या आएपछि उनी अस्पताल भर्ना भएका थिए ।


ADVERTISEMENT

# # #


उनको रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र रक्तचाप समेत घटेकाले सघन उपचार कक्ष (आइसियु)मा राखेर उपचार गरिएको थियो । नेता सिटौलालाई रगतको मात्रा बढाउन शुक्रबार र शनिबार रगत दिइएको थियो ।