काठमाडौँ, फागुन १३ । पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपाली विद्यार्थीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ ।


ADVERTISEMENT


शिक्षामन्त्री धनीराम पौडेलले आज आयोजित एक समारोहमा ती विद्यार्थीहरुलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरेका हुन् । समारोहमा बोल्दै उनले नेपालको शैक्षिक उन्नयनमा पाकिस्तान सरकारले उपलब्ध गराएको सहयोगको सराहना गरे ।


ADVERTISEMENT

# # #


मन्त्री पौडेलले नेपाल र पाकिस्तानबीच सुमधुर सम्बन्ध रहेको चर्चा गर्दै दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनासँगै दुवै मुलुक अझ नजिक भएको बताए । सार्कले दुई देशबिचको पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याएको पनि उनले बताए ।

काठमाडौँस्थित पाकिस्तानी राजदूतावासका कार्यबाहक राजदूत जावेद उमरानीले थोरै भए पनि नेपाली विद्यार्थीलाई सघाउन पाएकामा प्रशन्नता प्रकट गर्दैै छात्रवृत्ति वृद्धि गर्ने सोचमा पाकिस्तानी सरकार रहेको जानकारी दिए।

विगत चार वर्षदेखि पाकिस्तान सरकारले ‘पाकिस्तानी राजदूत छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत बर्सेनि रु १० हजारका दरले प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

गत वर्ष उक्त कार्यक्रमबाट १५० जना विद्यार्थी लाभान्वित भएका थिए ।