काठमाडौँ, फागुन १३ ।  पाँच वर्ष अघिको सुपरहिट फिल्म ‘लूट’को सिक्वेल ‘लूट २’ लिएर निर्देशक निश्चल वस्नेत आम दर्शमाझ आएका छन् । बहुप्रतिक्षित मानिएको उक्त फिल्म आजबाट सिनेमा हलमा प्रदर्शन भएको छ ।
देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । तत्कालीन समयमा नेपाली चलचित्र उद्योगको कोशेढुङ्गा बन्न सफल चलचित्र ‘लूट’को कथावस्तुलाई नै अगाडि बढाएर ‘लूट २’ बनाइएको निर्देशक निश्चल बताउँछन् ।


ADVERTISEMENT


यस चलचित्रको ‘ठमेल बजार’ बोलको गीतलाई युटुब मार्फत चलचित्र रिलिज नहुँदै एक करोड बढी दर्शकले हेरिसकेका छन् ।


ADVERTISEMENT

# # #


फिल्ममा फेरिपनि हाकुकालेका रुपमा सौगात मल्ल र गोप्लेका रुपमा दयाहाङ राईले भूमिका निभाएका छन् । अझ रोचक त पशुपतिप्रशाद फिल्ममा ‘भस्मे डन’बाट चर्चित तथा हेरक फिल्ममा नयाँ भूमिका खेल्दै आएका विपिन कार्की पित्ले डनका रुपमा खेलेका छन् ।

फिल्ममा कर्म शाक्य, रिचा शर्मा, प्रवीन खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपानेको मुख्य भूमिका रहेको छ भने संगीत कालिप्रसाद बास्कोटाको छ ।
चलचित्र लूट जक्तिकै सफल हुन्छ या हुँदैन त्यो त हेर्न बाँकी नै छ । चलचित्रका निर्माता माधव वाग्ले हुन् ।