काठमाडौँ – प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सिंहदरबारभित्र रहेका बिग्रिएर थन्किएका १५१ गाडी सञ्चालन लागि विभिन्न ठाउँमा पठाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले वर्षौंदेखि थन्किएका गाडीलाई मर्मत गरी चलाउनका लागि प्रदेश तह, स्थानीय तह र प्राविधिक शिक्षालयलाई दिइएको जानकारी दिए । उनले ती निकायले आफैँ मर्मत गरी सञ्चालन गर्नका लागि दिइएको बताए ।


ADVERTISEMENT

# # #


‘वर्षौंदेखि बिग्रिएर थन्किएका गाडी त्यतिकै रहेका थिए’, उनले भने, ‘ती गाडीको सदुपयोग गर्नका लागि हामीले सङ्कलन गरेर पठाएका हौँ ।’ कार्यालय गृहमन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा ती गाडी प्रदेश, स्थानीय तह र प्राविधिक शिक्षालयलय दिइएको हो ।

गाडीको अभाव भइरहेको बिग्रिएर थन्किएका गाडीले प्रदेश तह र स्थानीय तहमा सहयोग पुग्ने उनले बताए । यस्तै विद्यार्थीलाई सीप सिक्नका लागि शिक्षालयमा समेत ती गाडी पठाइएको हो ।

प्रधानमन्त्री कार्यालयले सिंहदरबारभित्र विभिन्न मन्त्रालय र निकायमा रहेका ती गाडी सङ्कलन गरेको हो ।रासस