कैलाली – कैलालीको अत्तरियामा गुडिरहेको गाडी आगलागी भएको छ । नेपालगञ्ज जानका लागि यात्रु खोजिरहेको बा ४ ख ५८६८ विङ्गर गाडीमा अत्तरियाको पूर्व रोडस्थित इलाका प्रहरी कार्यालय अगाडि एक्कासी आगलागी भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


आगलागी भएका बेला गाडीमा गाडी मालिक र चालक भए पनि दुवै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख आभुषण तिम्सिनाले बताए । गाडीमा एक्कासी आगलागी भएपछि उनीहरु दुवै जना भागेर ज्यान जोगाएका प्रत्यक्षदर्शीले बताएका छन्।


ADVERTISEMENT

# # #


प्रारम्भिक अनुसन्धानमा तार सर्ट भएर एक्कासी आगलागी भएको बुझिएको प्रहरीले जनाएको छ । गोदावरी नगरपालिकाको दमकलको सहयोगमा गाडीमा लागेको आगो निभाइएको छ ।